चर्चा बटुल्दै मेलिना र आशिषको ‘एकान दुई कान मैदान’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । गायक आशिष सचिन गौतम र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘एकान दुई कान मैदान’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम विसीको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । उक्त गीतको भिडियोलाई दीपक आचार्यको (भद्रगोलका काकु) निर्देशन रहेको छ भने गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।

सोही गीतको भिडियोमा गायक आशिषसँगै अभिनेता सरोज खनाल, अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, को अभिनय रहेको छ । सोही गीतमा अर्जुन तिवारीको छायाँकन रहेको छ भनेजीवन थापाको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु