मेलिना राईको स्वरमा ‘माया बिरानी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमाा थुप्रै गीतहरुमा आफ्नो जादुमय आवाज दिई सकेकी गायीका मेलिना राई र गायक महेश काफ्लेको आवजमा ‘माया बिरानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक महेशकै शब्द तथा संगीत रहेको छ भने उदयराज पौडेलको सङ्गीत संयोजक रहेको छ । सोही गीतको भिडियोलाई असिम शाहले निर्देशन गरेका छन् भने भिडियोमा नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई अभिनय रहेको छ ।

भिडियोमा नायिका आँचल शर्मा र गायक महेश निकै राम्रो नृत्य गरेका छन् भिडियोलाई हरि हुमागाईं र उत्तम हुमागाईंले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । ‘माया बिरानी’ गीतको भिडियोलाई जी २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु