मिसेस नेपाल इन्टरनेसनल २०१९ का लागि अडिसन

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

विभिन्न उमेर र वर्गका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्ट प्रा,लि,ले आफ्नो कम्पनीको प्रतियोगिता स्वरुप अघिल्ला वर्षझैँ यस वर्ष पनि मिसेस नेपाल इन्टरनेसनल २०१९गर्ने भएको छ । आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि गत साता पहिलो चरणको अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन आगामी शनिबार नयाँवानेश्वर स्थित अर्याल होटलमा हुने जानकारी गरिएको छ । गत साता प्रतियोगितामा सामेल हुनचाहने महिलाहरुको अभिनेत्री तथा फिल्म निर्मात्री करिश्मा मानन्धर, अभिनेता आर्यन सिग्देल, अभिनेता तथा रंगकर्मी विरेन्द्र हमाल, फिल्म निर्माता सुवास गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के, बराल र कोरियोग्राफर अश्विनीझाले अडिसन लिएका थिए भने आगामी शनिबार अभिनेता राजेश हमाल, पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाल, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के, बराल, कोरियोग्राफर अश्विनी झा र गायक आभाष लाभले अडिसन लिनेछन् । अश्विनीझाको कोरियोग्राफीमा हुने प्रतियोगिताका यस अघिका संस्करणमा सविता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे र चन्दा थापा गिरी प्रमूख विजेता भएका थिए भने गत वर्षकी विजेता चन्दा थापा गिरीले सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रि प्रतियोगीता मिसेस इन्टरनेसनलमा मिसेस एसियाप्यासिफिकको उपाधि नेपालमा भित्र्याउन सफल भएकी थिईन् । अटायर पाटनर आईआईएफटी नेपाल र मेकअप पाटनर फेसियल हाउसको प्रतियोगिता का लागि २ चरणका अडिसनबाट छानिएका महिलाहरुलाई विभिन्न विषयका विज्ञहरुबाट करिव ६ हप्ताको तालिम प्रदान गरिने झाले बताए । तालिम अवधिमा कोरियो ग्राफि, ग्रुमिङ, टेवल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अन्तरकृया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, शारीरिक हाउभाउ, महिला सशक्तीकरण, जुम्बा, सोसियल मिडियामा प्रोफाईल, मानव अधिकार तथा कार्यक्रम सम्बन्धि कानुनी सल्लाहलगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिईने उनले जानकारी गराएका छन् । प्रतियोगिताका सहभागीहरुलाई पूर्वप्रधान सेनापती रुक्मांगद कटुवाल, अनुप के बराल, बिरेन्द्रहमाल, सुस्मा महरा, पुर्ण लामा, संचिता लुईटेल, बिकास थपलिया, कृष्ण ढुङ्गाना, सरोज प्याकुरेल, धिरेन्द्र पे्रमर्षीलगायतले यी विषयको ज्ञान दिनेछन् । प्रतियोगिताको प्रमुख बिजेताले अन्तर्राष्ट्रिय प्रतियोगिताका नेपालका तर्पmबाट सहभागी हुने अवसरका साथ स्कुटर तथा विभिन्न अवसरहरु प्राप्त गर्ने छिन् । भने पहिलो, दोस्रो र तेस्रो विजेताले विभिन्न अवसरका साथै अन्तर्राष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु