• पप गायनबाट सुरु भयो आशिषको सांगीतिक यात्रा

    म्यूजिक खबर
    प्रकाशित: ६ आश्विन २०७७, मंगलवार

    काठमाडौं । नव गायक आशिष कार्कीले आफ्नो कला र अनुभवसँगै पप गायनबाट नेपाली संगीत क्षेत्रमा पाइला चालेका छन् । बाल्यकालदेखि नै नेपाली गीत संगीतमा रुचि राख्ने आशिष विद्यालय पनि एेच्छिक विषय संगीतलाई नै रोजेका थिए । होली गार्डेन माध्यामिक विद्यालयमा अध्यन गरेका आशिष विभिन्न सांगीतिक वाध्यबाधक बजाउनु पनि सौखिन छन् ।
    यतिबेला गायक आशिष हल्क कार्की आफ्नै शब्द रचना, संगीत, गायनका साथमा उत्कृष्ट अभिनयलाई पनि प्रस्तुत गरेका छन् । पप गायनमा पाइला टेक्दै गरेका आशिषले ‘एक्लो यो रात’ पप गीतलाई आफ्नै यूट्यूबमार्फत सार्वजनिक गरेका छन् ।

    नेपाली संगीत प्रेमीको मन मस्तिकमा बस्न सक्ने र युवा माझ लोकप्रिय बन्ने अपेक्षा सहित नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका नव गायक कार्कीले माया र प्रेम भरिएको ‘एक्लो यो रात’ धेरै मन पराइदिने विश्वास लिइएको छ । म्यूजिक भिडियोलाई अनुप चापागाईंले निर्देशन गरेका छन् । शिल्पा थापासँगै आशिष कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोमा निशल पौडेलको छायाँकन रहेको छ ।

    भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । गीतकार विष्णु कार्कीको निर्माण रहेको ‘एक्लो यो रात’ गीतले पप संगीतप्रेमी स्रोताहरुको मन जित्ने विश्वास लिइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु