• अभिसेक श्रेष्ठ र रेबिका गुरुङको ‘आउन कान्छी’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २३ माघ २०७६, बिहीबार

    संगीतकार शालिकराम घिमिरेले नयाँ गीत बजारमा ल्याएका छन् । शशि बिक्रम थापाको शब्द एवं स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिसेक श्रेष्ठ र रेबिका गुरुङको अभिनय रहेको छ ।
    मिठो संगीत र मिठा शव्दले गीत कर्णप्रिय बनेको छ । भजनको बिधा बाट अगाडि आएका संगीतकार घिमिरे र गायक थापाको यो टिमले सुगमसंगीतमा पनि सम्भावना राम्रो देखाएको छ । गीतको भिडियोलाइ निशान कस्यपले निर्देशन गरेका छन् भने बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु