• लेखुको शब्द, दिपकको संगीत, अनुष्काको स्वर रहेको गीतमा प्रियंकाको निर्देशनमा डेब्यू

    म्यूजिक खबर
    प्रकाशित: ४ मंसिर २०७६, बुधबार ०८:२५

    काठमाडौं । नायिका प्रियंका कार्की पनि अब निर्देशक बनेकी छिन्। वेब सिरिज निर्देशन गर्दै आएकी उनले म्युजिक भिडियो निर्देशन गरेकी हुन्।
    उनले निर्देशन गरेको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। बाल गायिका आयुष्का खनियाँको मेरै लाहुरेले बोलको गीतको म्युजिक भिडियोबाट नायिका कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन्।

    गीतको भिडियोमा प्रियंका कार्कीका साथमा उनको हुनेवाला पति नायक आयुष्मान देशराज जोशीको अभिनय रहेको छ।

    नायिका कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन्।

    लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ।

    बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन्। काठमाडौंको पार्क भिलेज रिसोर्टमा छायांकन गरिएको भिडियोलाई सुदीप बरालले छायांकन गरेका हुन्।

    शुभ मिडियाको निर्माण व्यवस्थापनमा छायांकन गरिएको म्युजिक भिडियोको सम्पादन सन्देश शाहले गरेका छन्।
    उनको निर्देशनमा तयार भएको वेभ सिरिज अहिले युट्युबमार्फत सार्वजनिक भइरहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु