अमेरिकाबाट आयो अधुरो सपना

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

काठमाडौं । अहिले गीत संगीतको क्षेत्रमा म्युजिक भिडियोको निर्माणमा एक प्रकारको तिब्रता आइरहेको छ । देश विदेशबाट यस्ता म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम पनि बृद्धि भइरहेको छ भने यसै क्रममा अमेरिकाको क्यान्सस् राज्यमा गीतकार रीमा श्रेष्ठको पहिलो गीतिएल्बम् “अधुरो सपना” क्यान्सस् निवासी स्विटी पौड्याल, सिल्भी विजयानन्द, शिखर शेरचन रअनिष प्रधानाङ्गको प्रमुखआतिथ्यमा सम्पन्न भएको छ भने यसै एल्बममा रहेको एउटा गीत “निष्ठुरी नसम्झ” को म्युजिक भिडियो पनि नौलोडिजिटल युट्युब मार्फत सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा अन्य६०(६५जना क्यानसस् निबासी बुद्धीजीविहरु बिषेश आतिथीका रुपमा सभ्य र भव्य उपस्थिति रहेको थियो ।

कुशल गुरुङको निर्माणमा बनेको उक्त एल्बम् “अधुरो सपना” मा जम्मा ७ वटा गीतहरु रहेकोछ। जस्मा, वरिष्ठ संगीतकार अम्बर तुम्बापोसुब्बा, संगीतकार येदिन गजमेर र संगीतकार तथा गायक अनुप रेग्मीको संयुक्त संगीत रहेको छ भने यसमा स्वरुपराजआचार्य, अन्जु पन्त, अनुप रेग्मी, विन्दु परियार, कर्णवीर, विद्या तिवारी, राजेश पायल राई, मेघा श्रेष्ठ र केभिनग्लान तामाङ गरी नौ जना गायक(गायिकाहरु को सुमधुर आवाज रहेकोछ।

कार्यक्रममा गीतकार रीमा श्रेष्ठले आफ्ना पुजनियमाता(पिता रीताकमल श्रेष्ठ र हिराबहादुर श्रेष्ठको आशिर्वाद अनि डा। रीना श्रेष्ठबैद्यका साथै, उहाँका छोरा(छोरी केदन श्रेष्ठगुरूङ र ईलैना श्रेष्ठगुरूङलाई पनि साथ र मायाकोलागि धेरै(धेरै धन्यवाद दिन चाहेको कुरा बताउनु भयो ।
अमेरिकालाई आफ्नो कर्मथलो बनाएकी गीतकार रीमा श्रेष्ठले आफ्नो जन्मभुमी नेपाललाई छोडी अमेरिकामा रहँदै आउनु भएको तीनदशक हुन लागे पनि आफ्नो भाषा र भेषलाई भुल्न नसकेको र नेपालीगीत(संगीतलाई मन भुलाउने र मनको भारी बिसाउने चौतारीको संज्ञा दिनु भएकोछ । उहाँले मनको वह शब्दमा कोरेपनि कहाँ र कसरी एल्बम बनाउने , गीत(संगीत र भिडियो कसरी निर्माण गर्ने भन्ने केही थाहा नभएको र त कर्णवीरजीसंग भेट भए पछीमात्र यसतर्फ आफ्नो पाइला अघि बढेको बताउनुहुन्छ।

यसै क्रममा गीतकार श्रेष्ठले, “एल्बमको सुरुदेखी अन्त्यसम्म मलाईसाथ,सल्लाह र हौसला दिई एक मार्गनिर्देशक भएर साथ दिनुहुने गायक कर्णवीरजीलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु” भन्नु भयो । र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिने सबैमनहरुलाई पनि धन्यवाद दिन चाहेको बताउनु भयो ।

यस एल्बममा रहेका गीतहरु मध्ये काठमाण्डौंको अनामनगरमा रहेको गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको चार गीतहरुमा रेकर्रडिस्ट कृष्णकुमार महर्जनद्वारा मिक्सिङ(मास्टरिङ गर्नु भएको छ भने, दुईवटागीतहरु एवान म्युजिसियन स्टुडियोमा रेकर्रडिस्ट किशोर थापाद्वारा मिक्सिङ(मास्टरिङ भएको हो र बाँकी एउटागीत अमेरिकाको क्यान्सस् सीटीमा रहेको अनलेवल स्टुडियोमा खगेन्द्र शिलवालद्वारा रेकर्डिङ भएको हो ।

“अधुरो सपना” एल्बम्मा रहेको “निष्ठुरी नसम्झ” बोलको गीतको म्यूजिक भिडीयोको निर्देशन एकान्त मगरले गर्नु भएको हो भने यसमा कर्णवीर र मनिषा कार्की ले अभिनय गर्नु भएको छ । यो म्युजिक भिडियो यूट्युवच्यानल( नौलो डिजिटल मार्फत सार्वजनिक गरिएकोछ भने अरु गीतहरुमा पनि भिडियो बनाउने तयारी भईरहेको कुरा गीतकार श्रेष्ठ ले जानकारी गराउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु