
काठमाडौं । नेपाली कला क्षेत्रमा लागेर आफ्नो परिचय फराकिलो बनाउने सोचकासाँथ अघि बढी रहकी भक्तपुरकी अदिती श्रेष्ठ नेपाली म्युजिक भिडियोमा मोडलको रुपमा काम गरिरहेकी छन् । उनले विभिन्न म्युजिक भिडियोमा आफ्नो कार्य क्षमता प्रस्तुत गरि सकेकी छन् । यिनै मोडेल श्रेष्ठ को नयाँ म्यूजिक भिडियो “तिमी हाँस” सार्वजानिक भएको छ । सुजन शाहीको आवाज रहेको यस गीतको भिडियोमा अदिती सँगै उमङ्ग राउत पनि देखिएका छन्। सुशान्त पुडासैनीको निर्देशन रहेको यस गीतको भिडियोमा प्रेम प्रेमिकाको माया लाई मुख्य शीर्षक बनाएको छ। एउटा प्रेमीले आफ्नो प्रेमीकाको साथ गर्ने विभिन्न क्रियाकलापहरू लाई कलाकारिताको माध्यम बाट प्रस्तुत गरिरहेको छ।
भविश्यमा ठुलो पर्दामा काम गर्ने आफ्नो योजना रहेको बताउने मोडेल अदितीले म्युजिक भिडियोहरु बाट राम्रो प्रतिक्रिया पाइरहेकी छिन्।आफ्नो रुचिको कार्य गर्न पाउँदा अझै खुशी लागेको बताउने श्रेष्ठले नेपालको मोडलिङ क्षेत्रमा सत्र वर्षको उमेरमै आफूलाई अब्बल साबित गरिसकेकी छिन् ।
एकल मात्र होइन समूहगत रूपमा समेत उनी आफ्नो अभिनयलाई बढाउदै लगेकी छन् । मोडल बन्ने र मोडलिङ गर्ने उनको रहर बाल्यकालदेखिकै हो । ‘सानैदेखि नृत्य गर्ने मेरो रहर हो, त्यसलाई निरन्तरता दिँदै मोडलिङ क्षेत्रमा आएकी हुं’ उनले भनिन् । खास गरेर बेली डान्सरका रुपमा पनि आफू लाई अगाडि बढाइरहेकी श्रेष्ठ पढाई सामाजिक कार्य र अरु क्रेटिभ कामहरू पनि अग्रसर छिन् ।
थुप्रै ‘ब्युटी प्याजेन्ट’, ‘स्टेज सो’मा समेत सफलता पाइसकेकी उनी मोडलिङ र पढाइलाई संगसंगैै लग्ने सोचमा छिन् । घरपरिवारको सहयोगका कारण उनलाई यो क्षेत्रमा आउन सहज भएको छ । उनले भनिन्, ‘मेरो रहर मात्र भएर यो क्षेत्रमा सफल हुन सक्दिन परिवारको सपोर्टका कारणले सहज भएको हो ।’ ‘म्यूजिक भिडियो’ ले उनलाई रहर संगैै अर्थोपार्जन पनि भइरहेको छ । भविष्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा नायिकाको रूपमा उदाउने उनको सपना छ ।