कोरोना संक्रमणविरुद्ध एकजुट हुन आयो विश्वप्रकाशको गीत

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

काठमाडौं । वैश्विक महामारी कोरोनाको संक्रमणविरुद्ध एकजुट हुन अपील गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द–संगीतमा गीत तयार पारिएको छ। प्रवक्ता शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीत गीत तयार पारिएको हो।

‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ।

डोर बहादुर कटवालको छायाँकन रहेको म्यूजिक भिडियोलाई निर्देशन एवं सम्पादन भने पदम तिमिल्सिनाले गरेका छन् । भिडियोमा गायिका शितल मोक्तान र गायक प्रमोद खरेल नै देखिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु