म्यूजिक भिडियोमा दुइटी श्रीमति ल्याउँदा भोग्नु पर्ने पीडा

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७७, बिहीबार

काठमाडौ । पछिल्लो समय कलाक्षेत्रमा सक्रिय हुँदै आएका कलाकार, नृत्य निर्देशक, अमरकृष्ण चन्द ‘अकृच’ ले नयाँ लोक तेहरी गीत ‘घाटा भो धन्दामा’ सार्वजनिक गरेका छन् । कमल दाहालको लय तथा शब्द रहेको गीतमा कर्णप्रिय स्वर दिएका छन् गायिका जितु लोप्चन, कुमारी लामा र कमल दाहालले । गीतमा संगीत सूर्यकिरण लामाले संगीत दिएका छन् ।

लामो समयदेखि रंगपत्रकारितामा समेत कलम चलाउँदै आएका कलाकार, निर्देशक चन्दले बजारमा ल्याएको उक्त गीतमा चन्द सँगै चर्चित हाँस्य कलाकार ठ्याँस कुमारी तथा निर्मली भनेर चिनिने निरु खड्का र तामाङ चलचित्रका नायिका अनु लामाले अभिनय गरेका छन् ।

दुइटी श्रीमति ल्याउँदा भोग्नु पर्ने पीडालाई गीतमा समेटिएको छ । भिडियोलाई सिमिली मिडियाले बजारमा ल्याएको हो । आजभन्दा ६ बर्ष अघि तयार गरिएको उक्त तेहरी गीत हालमात्रै सिमली मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु