“हात्ती दाइ हात्ती दाइ” भन्दै बाल गायिका रबिन बसेल (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७६, बुधबार

काठमाडौँ । बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “हात्ती दाइ हात्ती दाइ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गुल्मीकी अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी थिइन् । गायक तथा कम्पोजरकार्कीको संगीत तथा कार्कीको नै एरेन्ज रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन । भिडियो हेर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु