तिलक र शर्मिलाले ल्याएको ‘अमिलो मोही’ कस्तो होला

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार

काठमाडौं । भर्खरै मात्र मध्यरातमा गीत लिएर आएकी शर्मिला गुरु ङ यतिबेला भने अमिलो मोहीतिर लागेकी छन् । गायिका शर्मिला गुरुङ र गायक तिलक गुरुङ मिलेर अमिलो मोही सालैजो लिएर आएका छन् । अमिलो मोहीको स्वाद कस्तो छ होला भन्ने खुल्दुली लागेकाहरुलाई स्वादिलो बनाएको छ । गायिका शर्मिला र गायक तिलकलाई भने पानी तिर्खा अमिलो मोहीले नमेटाएको भए पनि स्रोताहरुलाई भने यसले तिर्खा मेटाउने काम गर्ने देखिन्छ ।

गायिका शर्मिला गुरुङकै शब्द र संगीतमा रहेको अमिलो मोहीमा शर्मिलाको साथमा तिलक गुरुङले स्वर दिएका छन् । बीबी अनुरागीको संगीत संयोजनमा रहेको यो गीतको मिक्सिङ भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

यस सालैजो गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भट्टकै कोरियोग्राफीमा रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु