९० विधामा हुने भयो ‘नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्यूजिक अवार्ड’

म्यूजिक खबर
प्रकाशित: २२ असार २०७६, आईतवार
AMIN Awards

काठमाडौं । संगीत उद्यमीहरुको छाता संगठन नेपाल संगीत उद्योग संघले पनि म्यूजिक अवार्ड गर्ने घोषणा गरेको छ । सङ्गीत व्यवसायीहरुको एकमात्र पेशागत छाता सङ्गठन ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ ले स्थापनाको २७ औं बर्ष पूरा गरेको अवसरमा म्युजिक अवार्डको कार्यक्रम गर्ने भएको छ । आज राजधानीमा कार्यक्रमको आयोजना गरी संघले ‘नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्यूजिक अवार्ड–२०७६’ का बारेमा पत्रकारहरुमाझ जानकारी गराएको थियो ।

संघका अध्यक्ष सूर्य मगरले अवार्डका बारेमा जानकारी गराउँदै भगवान कुमार श्रेष्ठको अध्यक्षताकै बेलामा अवार्डको बारेमा कुरा भएको भए पनि अन्ततः आज आएर त्यो सपना पूरा भएको बताएका थिए । आफ्नो भाषा, मौलिक संस्कृति र भूगोल अनुसारको लोकदोहोरीलाई पनि मध्यनजर गर्दै अवार्ड आयोजना गरेको बताएका छन् । उनले अन्य अवार्डहरुको तुलनामा कसरी फरक गर्न सकिन्छ भनेर नयाँ तरिकाले अवार्ड सम्पन्न गर्ने बताए ।

संघका संस्थापक पूर्व अध्यक्ष मह जोडीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने संघका अध्यक्ष सूर्य मगरले जानकारी गराए । कार्यक्रममा संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकाल, गीतकार भरत बमजन, संघका सचिव उमेश गुरुङलगायतले आफ्नो धारणा राखेका थिए ।

पत्रकार सम्मेलनमा ‘नेपाली गीत, सङ्गीत र संस्कृति संरक्षणको अभियान, व्यावसायिक एकता सहितको हाम्रो पहिचान’ नारा सहित ‘नेपाल सङ्गीत उद्योग सङ्घ राष्ट्रिय म्युजिक अवार्ड’ को आयोजना गर्न लागिएको कुरा जानकारी गराईएको छ ।

लोकदोहोरी र लोकजुहारीमा १७ – १७ विधा, पप गीतमा १५ विधा, भाषाभाषी गीतमा १२ विर्धा उल्लेखित बाहेकका अन्य विधाका गीत आएमा थपिन सक्ने ै आधुनिकमा १६ विधा र चलचित्र गीतमा १२ विधा छुट्याइएको छ । भाषाभाषी विधामा भने सर्वोत्कृष्ट गीतका लागि मात्र फारम भर्न सकिने छ । आवेदन फारममा मगर, गुरुङ, तामाङ, लिम्बू, नेवारी, मैथिली, भोजपुरी, राई, थारु, देउडा र याख्खा भाषा उल्लेख गरिएको भएपनि अन्य भाषाका गीतमा समेत आवेदन दिन सकिने कुरा आयोजकले जानकारी गराएका छन् । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, दशक गीत र म्युजिक कम्पनीका विधामा समेत अवार्ड दिईने भएपनि यी विधामा प्रतिस्पर्धा गराईने छैन । प्रतिस्पर्धी र अप्रतिस्पर्धी ३ गरी कूल ९० भन्दा बढी विधामा अवार्ड प्रदान गरिने संघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु