• ग्याँस सिलिन्डर गायक अमितसहित ५ घाइते, आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

    ललितपुर । महालक्ष्मीस्थान लुभुमा तामा तथा चाँदीको मूर्ति बनाउने कारखानामा एक्कासी ग्याँस सिलिन्डर पड्किँदा गायक अमित रसाइली सहित पाँच जना गम्भीर घाइते भएका छन् । ग्याँस पड्किएर शरीरको ४५ प्रतिशत भाग पुरै जलेको अवस्थामा पुगेका पाँचै जनाको किस्ष्ट मेडिकल हस्पिटलमा आइसियूमा राखेर उपाचार गराइएको र हाल कीर्तिपुर हस्पिटलमा उपचारको क्रममा रहेका छन् । फागुन १ गते भएको उक्त आकस्मिक दुर्घटनाबाट घाइते भएकाहरुको उपचार जटिल बन्दै गएको गीतकार अमृतलाल देवकोटाले बताए ।

    गायक अमित रसाइलीसहित कारखानामा काम गर्ने पाँच जना मजदुरहरु दुर्घटनामा परेपछि उनीहरुको आर्थिक अवस्थाको कारण पनि उपचारमा कठिनाई हुन थालेको देवकोटाले बताए । कारखानामा दैनिकी काम गरेर पारिवारिक गुजारा चलाउँदै आएका उनीहरुको उपचारका लागि आर्थिक सहयोग जुटाइदिन परिवारले अनुरोध गरेका छन् ।

    गायक अमित रसाइली शब्द तथा संगीत सिर्जनामा पनि सक्रिय थिए । कारखानाबाट बचेको समयलाई गीतसंगीतमा लगाउँदै आएका अमितको दुई दर्जनभन्दा बढी अडियो तथा भिडियो रहेका छन् । भन्दै छु है प्रिय, तिमीलाई आफ्नो ठान्नु, गाउँको याद, सपनीमा आउने, तिमी मेरो म तिम्रो लगायतका गीतहरुमा अमितले स्वर दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु