• अमृत क्षेत्रीले पोखे पीडा ‘बाँचे भने आउँछु प्यारु जहाजै चढेर’

    म्यूजिक खबर
    प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार
    Amrit Chhetri

    काठमाडौं । लकडाउनको समय छ । विश्वभरि कोरोनाको त्रास छ । बाँचिन्छ कि मरिन्छ केही भर छैन । सबै उद्योगधन्दा बन्द छन् । काम गर्ने र छाक टार्ने अवस्था छैन । गाउँघर परिवारको सपना बोकेर परदेशिएको धेरै भयो । फर्किने आश मरिसकेको छ । रोजीरोटी गुमिसकेको अवस्था छ । घर फर्कने अवस्था छैन । समग्र पीडाभित्र प्रवासमा रहेका नेपालीको पीडा पोखेका छन् गायक अमृत क्षेत्रीले ।

    गायक अमृत क्षेत्रीको गीत जस्तै भएको छ धेरै नेपालीहरुको । ‘जहाजै चढेर’ गीतजस्तै पीडा रहेका नेपालीको मनभित्र बसेका छन् गायक क्षेत्री । सँगै बाँचौं सँगै मरौंला भन्ने कसम खाएकाहरुलाई पनि आश मरिसकेको छ । बाँचे भने आउँछु प्यारु घरै फर्केर भन्दै आफ्ना पीडा पोख्नु शिवाय अब परदेशमा बस्नेलाई अरु आश मरिसकेको छ । गायक क्षेत्रीले तिनै पीडाहरुको बीचमा शब्द सिर्जना गरे, संगीत भरे र स्वर दिएका छन् । बीबी अनुरागीले संगीत संयोजन गरेका छन् गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतसँगै गायक अमृत क्षेत्रीले धेरैको मन जितेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु