• अमृत खातीको शब्द र लयमा गुन्जिए आयुष, सुनिता र गोविन्द

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७७, बुधबार

    काठमाडौं । हिन्दु नेपालीहरुको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘जमरा टिका थालैमा’ सार्वजनिक भएको छ ।

    अमृत खातीको शब्द तथा संगीत रहेको उक्त गीतमा आयुष केसी, सुनिता दुलाल र गौतमले स्वर भरेका छन् । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई विष्णु तामाङ्गले एरेन्ज गरेका हुन् ।
    गीतमा घरबास भएका परिवारको आग्रह र परवासीको पीडालाई सम्बोधन गरिएको छ ।

    त्यस्तै , गीतको म्युजिक भिडियोलाई नरेश सिंह चैरिसको छायांकन र मनिस कार्कीको सम्पादन गरेका छन् ।
    गीतमा मुकुन्द मैनाली, संगम भण्डारी, विवश बस्नेत, अप्सरा थापा रोक्का, राजु चौलागाईं, कवि जंग कटवाल राजु पौडेलर बालकलाकार स्नेहा चौलागाईंको अभिनय देख्न सकिन्छ । प्रवेश पोखरेलको छायाकंन रहेको भिडियोलाई सरिता गौतमले सम्पादन गरेकी हुन् ।

    भिमसेन अधिकारीको निर्देशनमा तयार भएको भिडियोलाई गोविन्द गौतम युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु