मौलिकता बोकेको गीत अमृत खातीको ‘राम साइली’

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७८, शनिबार

काठमाडौं । पछिल्लो समय पूर्वेली लोक गीतहरु बजारमा त्यति सुन्न नपाइरहेको अवस्थामा गायक अमृत खातीको स्वरमा रहेको मौलिकता बोकेको गीत ‘राम साइँली’ सार्वजनिक भएको छ । राम साइँली गीत सुन्ने वित्तिकै पुनः अरुण उपत्यकाको झल्को मेटाउँछ । पूर्वको पहाडी भेगमा गाइने लोकगीतको प्यास मेटाउँछ । मायाप्रेमभित्र रहेको पूर्वेली लोकगीत राम साइँलीलाई होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको यस गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका हुन् ।

यस गीतको भिडियोमा सञ्जीव ठकुरी र संगीता श्रेष्ठको अभिनय रहेको छ । भीम केसी र सागर रोकाको कमेडी अभिनय रहेको यस गीतको भिडियोको कोरियोग्राफी र निर्देशन सञ्जीव ठकुरीको रहेको छ । प्रकाश खड्काको छायाँकन रहेको यस गीतको भिडियो सम्पादन राज कुमार मगरले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु