अमृता श्रीपालको चील गाडी आयो (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७६, बिहीबार
Amrita Shreepal

काठमाडौं । परदेशीने प्रेमीलाई सम्झिँदै प्रेमिकाले एक्लै बस्नुपर्दाको भावसँगै गायिका अमृता श्रीपालले नयाँ गीत चील गाडी लिएर आएकी छिन् । चील गाडी अर्थात् जहाजमा चढेर जवानी बेच्न दौडिएका नेपालीहरुको कथामा समर्पित गर्दै गायिका श्रीपालले देशभित्र एक्लै बसेका प्रेमिकाहरुको कथा प्रस्तुत गरेकी हुन् ।

गायक रञ्जित परियार र गायिका अमृता श्रीपालको स्वरमा रहेको गीत ‘चील गाडी’को शब्द तथा लय भने कुशल बेलबासेले सिर्जना गरेका हुन् । आशिष अबिरलको संगीत संयोजन गरेको यो गीतको म्यूजिक भिडियोमा गायिका श्रीपाल र गायक रञ्जितले स्वयम् अभिनय गरेका छन् । उनीहरुको साथमा निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको छ । भिडियोलाई करण चैंसिरले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राप भने मौसम हिमालीले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु