सकारात्मक भावको यर्थापरक गीत ‘जिवन यो हाम्रो’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०८०, सोमबार

काठमाडौं । ‘जिवन यो हाम्रो’ नामक नयाँ गीत सार्वजनिक भएको छ । गीतमा मुन प्रसाई (जुनु) को स्वर रहेको छ भने डा. बिष्णु ईङनाम (लिम्बु) को शब्द, बिशान मुकारुङको संगीत रहेको छ ।
गीतको भिडियोमा उजाड योङहाङ लिम्बुको निर्देशन, रुबेन गजमेरको परिकल्पना, सुनिल सुन्दाशको छायांकन तथा सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ । यस गीतको निर्माता तारा लिम्बु सोदेम्बा रहेका छन् । त्यस्तै भिडियोमा मुन प्रसाई ‘जुनु’ र कला शिवाको अभिनय रहेको छ भने राम बहादुर बमजम अतिथी कलाकारको रुपमा देखा परेका छन् । गीतमा जिवन यो हाम्रो दई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माया हो भन्ने कुरालाई समेटिएको छ ।

यस गीतलाई तारा म्यूजिक क्रियशन युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु