गायक आनन्द कार्की र अम्बिका गुरुङको ‘छली रहेछ’

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७६, बिहीबार

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द तथा गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छली रहेछ’ गीतको लिरिकल भिडियो सार्बजनिक भएको छ । गीतमा संगीतकार शक्ति बल्लभको संगीत तथा चाँद सिंहको संगीत संयोजन रहेको छ । सयौं चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल ‘छली रहेछ’ सार्बजनिक भएको हो ।

अमेरिका निबासी गीतकार अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउने दौडमा छिन् । उनका धेरै गीत पछिल्लो समयमा रेकर्ड हुने क्रममा छन् भने केही गीत चर्चामा पनि छन् ।

https://www.youtube.com/watch?v=wG1gTsgAG00

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु