• युवाको भोगाइमा अनिज नेवाको ‘हराएको यात्री’

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७७, सोमबार

    काठमाडौं । कोरोना कहरका कारण काम गर्ने वातावरण सहज नभयता पनि केही म्युजिक भिडियोहरु सार्वजनिक भैरहेको छ । यसै क्रममा गायक अनिज नेवा ‘नेपाली’ले आफ्नो नयाँ गीत ‘हराएको यात्री’को म्युजिक भिडियो सार्वजनिक गरेका छन । युवाको मनस्थिति, भोगाईले उसलाई कुन मोडसम्म पुर्याउँछ भन्ने लगायतका कथामा आधारित गरी तयार पारीएको उक्त म्युजिक भिडियोलाई निमा शेर्पाले निर्देशन गरेका हुन ।

    भिडियोमा जेनिश शाक्य, वर्षा भण्डारी, रमेश खडका, समिर खडका, अनिज नेपाली, अविअन्स्क नेपाली, विजय श्रेष्ठ, मनोज आरएसटीको अभिनय रहेको छ । भिडियो गायक अनिज नेपालीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनीक गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु