अनिलाको ‘तिमी बाहेक कसैलाई’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७६, बुधबार

अनिला राईको ‘तिमी बाहेक कसैलाई’ सार्वजनिक भएको छ । ‘तिमी बाहेक कसैलाई’ बोलको गीतमा अनिलासँगै गायक दिपक लिम्बूको पनि स्वर रहेको छ । नेपाली साङ्गीतिक क्षेत्रलाई करिब एक दर्जन एल्बम दिइसकेकी गायिका अनिला र दिपकको स्वर रहेको उक्त गीत निकै वर्ष अगाडि रेकर्ड गरिएको हो । जसन गीतको यसअघि पनि भिडियो आइसकेको छ । तर, पुनः उक्त गीतलाई तार्जगी गराउन भिडियो निर्माण गरेको गायिका अनिलाले बताइन् । तिमी बाहेक कसैलाई’ बोलको गीतलाई प्रतिभा श्रेष्ठले लेखकी हुन् भने सङ्गीत शान्तिराम राईको रहेको छ । बेलायतकै विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको उक्त भिडियोलाई हास्य कलाकार पार्वन राईले निर्देशन गरेका हुन् । भिडियोमा अनिला आफैंले अभिनय गरेकी छिन् । भिडियोमा छायाँकनसमेत पार्वनकै रहेको छ भने सम्पादन अनिलकुमार महर्जनले गरेका हुन् ।

मेलोयिस उक्त लभसङको भिडियोमा अनिला आफ्नो जीवनको रियल हिरो नन्दरान राईसँग देखिएकी छन् । सम्भवतः यसरी भिडियोमा अनिला र नन्दराज पहिलोपटक सँगै देखिएका हुन् । गीतको भावनाअनुसार उतारिएको भिडियोमा अनिला र नन्दराजको ‘अनस्क्रिन’ गज्जब देखिएको छ । पहिलोपटक भिडियोमा देखिएको भएपनि नन्दराज अभिनयमा खुलेका छन् । भिडियोमा दुई जनाको आत्मीय प्रेमभावलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । गायिका अनिला लामो समयदेखि बेलायतको क्याट्रिकलाई कर्मथलो बनाउँदै आयपनि नेपाली गीतसङ्गीत निरन्तरता दिँदै आएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु