![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
काठमाडौं । गायिका अनिता चलाउनेको रोइला गीत ‘सेतो कपालैमा’ रामजी खाँड र काउली बुढीको जोडी मिलेपछि फुलन्देकी आमा र अन्जली फाल्तु बनेका छन् । चालिसे उमेर कटेकाहरुलाई लक्षित गर्दै व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको रोइला गीतमा गायिका अनिता चलाउने र रामजी खाँडको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन भने आशिष अबिरलकै रहेको छ ।
सेतो कपालैमा गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । रामजी खाँड, अन्जली अधिकारीको नृत्यसँगै फुलन्देकी आमा र काउली बुढीको अभिनयलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ । भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।