अनिताको तीज गीतमा बलेसँगै नाचे प्रिज्मा र प्रिन्सी

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७७, बिहीबार

काठमाडौं । महिलाहरुको महान चाड तीज नजिकिँदै गरेको बेला नयाँ नयाँ गीतहरु सार्वजनिक हुने क्रम जारी छ । कोरोनाको कहरसँगै बढेको तिजको लहर र रहर पनि यतिबेला फिका बनिरहेको छ । तर पनि कलाकारहरु तीज गीत बजारमा ल्याउने जोश र जाँगर बोकेर अगाडि बढिरहेका छन् ।
पिआरवाला गायिका अनिता चलाउनेको नयाँ तीज गीत सार्वजनिक भएको छ ‘यस्तो बनोस् मेरो तीज’ । जुन गीतमा पछिल्लो समयका चर्चित कलाकार सागर लम्साल ‘बले’ सँगै ट्वीन गर्ल भनेर चिनिएका प्रिज्मा खतिवाडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको म्यूजिक भिडियोमा उनीहरुको नृत्य देख्न सकिन्छ ।

यस्तो बनोस् मेरो तिज गीतमा विपिन किरणको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । गायिका अनिता चलाउनको स्वर रहेको यस गीतको सहगायनमा भने समिक्षा अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु