अनिताले ल्याइन् समय सान्दर्भिक तीज गीत ‘टिकटकमा भिडियो’

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७६, आईतवार

काठमाडौ । नेपाली संगीत क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका अनिता चलाउनेको यो वर्षको तीज गीत सार्वजनिक भएको छ । तीजको अवसर पारेर प्रत्येक वर्ष गीत निकाल्दै आएकी चलाउनेको ‘टिकटकमा भिडियो’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतका गीतकार प्रल्हाद सुवेदि हुन् भने बसन्त थापाले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा फुलन्देकी आमा र काउली बुढीले अभिनय गरेका छन् । भिडियोको निर्देशक पुराना निर्देशक शिव विकले गरेका छन् । गीतमा आशिष अविरलको एरेन्ज रहेको छ । पछिल्लो समयको समसमयिक विषयमा रहेर गीत तयार पारिएको छ ।
गीत हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु