‘सिरफुल’ मा अञ्जलि अधिकारीको ठुम्का (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

काठमाडौँ । गायिका इन्दिरा गैरेको ‘सिरफुल’बोलको तिज गीत सार्वजनिक भएको छ । कतारलाई कर्मथलो बनाउँदै आएका सर्जक शरद पाण्डेले शब्द तथा संगीत रहेको गीतमा गायिका गैरे र सम्झना लामिछाने मगरको संयुक्त आवाज रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका छन्।भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेको र सागर गौतमको छायांकन तथा दिपक बिष्टले सम्पादन गरेका छन् । भिडियोमा ‘बोल माया’ र ‘गलबन्दी’ गीतबाट थप चर्चामा आएकी मोडेल अञ्जली अधिकारी र सोम्या श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई ताजा इन्टरटेनमेन्टको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु