पुस्कर सुनुवार र कविताको दशैं गीतमा अन्जली (भिडियोसहित

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाली हिन्दु हरुको महान चाड विजया दशमीको अवसर पारेर दशैँ गीत सार्बजनिक हुने क्रम सुरु भएको छ । यसै क्रममा पुस्कर सुनुवार र कविता सिवाकोटीको स्वर रहेको दशैं गीत सार्बजनिक गरिएको छ । उक्त ‘महान चाड बडा दशैं’ बोलको गीतमा शब्द किरण के उप्रेतीको र संगीत पुस्कर सुनुवारको रहेको छ।

‘महान चाड बडा दशैं’ बोलको गीतको भिडियोलाई निश्चल केसीले निर्देशन हुन भने सोही गीतको भिडियोमा अन्जली अधिकारी र सुरज श्रेष्ठको अभिनय रहेको छ ।
उक्त भिडियोलाइ दिपक गिरीले छायांकन गरेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । उक्त गीतलाई जीवन लुइंटेल क्रियसन मार्फत सार्बजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु