अन्जलीले मनिषालाई आइडल मानेपछि …

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार

काठमाडौं । नेपालले आफ्नो देशको नक्सा जारी गरेपछि अभिनेत्री मनीषा कोइरालाले व्यक्त गरेको प्रतिक्रियाले अहिले राष्ट्रियताको बहस तातेको छ । त्यसमा पनि मनीषाको प्रतिक्रियापछि भारतीय सञ्चार माध्यम निम्छरो र तल्लो स्तरको गालीगलौजमा उत्रेपछि उनको समर्थनमा सर्वसाधारणदेखि सर्जक कलाकारहरू खुलेर अगाडि आएका छन् ।
‘कला बेचेको हो, स्वाभिमान होइन’, मनीषाकै पदचापमा प्रतिक्रियाको सागर उर्लेको छ । ‘पेसा फेर्न सकिन्छ तर स्वाभिमान फेर्न र बेच्न सकिन्नँ’ उनको समर्थनमा ताली बजिरहेको छ ।
कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले ट्विटमा लेखेकी छन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीनवटै राष्ट्रहरूबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतीक्षामा छौं ।’

चीनलाई साथ दिएर भारतलाई गाली गरेको भन्दै मनीषामाथि भारतीय मिडिया खनिए । भारतीय एबीपी टेलिभिजनले ‘खाती भारतकी और गाती चीनकी’ भन्दै समाचार प्रसारण गरेको थियो । ‘मनीषाले जे जति नाम कमाएकी छन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्’, एक भारतीय टेलिभिजन भन्छ । तर मनीषाले व्यक्त गरेको धारणले वास्तवमै तरंग ल्याएको छ ।

भारतिय नागरिक र भारतिय मिडियाले मनिषालाई नराम्रो शब्द प्रयोग गरेपछि नेपाली कलाकारहरु मनिषाको समर्थनमा उत्रिए । यस्तैमा, लोकप्रिय मोडल अन्जली अधिकारीले पनि मनिषाको पक्षमा बोलेकी छिन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले मनिषाको पक्षमा बोलेकी हुन् । उनले मनिषाको विषयमा भारतिय मिडियामा आएको समाचार देखेर त्यहाँको मिडिया प्रति दया लागेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, -मनिषा कोइरालाले आफ्नो सुन्दरता र शशक्त अभिनय प्रतिभाले बलिउडमा स्थान बनाउनु भएको हो । उहाँले आफ्नो जिवनमा जे जति प्राप्त गर्नु भयो त्यो भन्दा बढि बलिउडलाई योगदान दिनु भएको छ । अन्जलीले मनिषा कोइराला अब आफ्नो आइडल भएको पनि लेखेकी छिन् । उनले थपेकी छिन्,क्यान्सरलाई जितेर जुन आत्मविश्वास उहाँले देखाउनु भयो, त्यसबाट नै म प्रभावित थिए । अहिले उहाँ भित्रको राष्ट्यिता देखेर झन प्रभावित भएकी छु । म पनि एउटा कलाकार भएकाले अबको मेरो आइडल-मनिशा कोइराला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु