आमा गाउने, छोरी नाच्ने

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७९, आईतवार

काठमाडौं । सांगीतिक क्षेत्रमा तीज पर्व नजिकिएसँगै तीजका गीतहरुले प्राथमिकता पाएका छन् । यहि क्रममा सुमधुर स्वरकी धनि गायिका अन्जु गौतमले ‘बारुली कम्मर’ भनेर गीत गाइरहँदा उनकै छोरी ज्योती खड्काले कम्मर मर्काएको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

अन्जुले आफ्नै यूटुब च्यानल ‘अञ्जु गौतम अफिसियल’बाट सार्वजनिक गरिएको भिडियोमा ज्योतिको साथमा सविता तामाङ,रोमा न्यौपाने र आरजु प्रसाई, रेश्मा भट्टराई लगायतको अभिनय र नृत्य रहेको छ ।

रमेश दाहाल शब्दमा अञ्जुको स्वरमा सजिएको तीज गीत फरक सन्देश र स्वाद पाउन सकिन्छ ।

संगीत÷एरेन्ज विपिन आचार्यको रहेको छ । प्रवेश पोखरेलले छायांकन गरेको भिडियो निर्देशन तथा कोरियोग्राफी सुमन सागर जंग केसीले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु