अन्जु पन्तको “एक्लै पारेर” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र सन्तोष कटवालको “एक्लै पारेर” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमको भाव समावेश गरिएको र आफ्नो मायालुलाई छोडेर नजान आग्रह उक्त गीतमा सन्तोष कटवालको शब्द रहेको सोही गीतमा अलिफ खानको संगीत रहेको छ भने कृष्ण बि,क भान्जाको एरेंज रहेको छ । “एक्लै पारेर” बोलको गीतको भिडियोलाई बिक्रम चौहानले गरका हुन भने सोही गीतको भिडियोमा अन्जली अधिकारीको अभिनय रहेको छ । धेरै गीतको भिडियोमा अभिनय गरिसकेकी अन्जली अधिकारीलाई फरक अवतारमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा नृत्य देख्न सकिन्छ ।

उक्त गीतको भिडियो सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने उक्त गीतको भिडियोलाई उत्तम कुमार कार्किले सम्पादन गरेका हुन् । “एक्लै पारेर” बोलको गीतलाई हाइलाइट्स नेपालको युटयुबच्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु