दर्शकको मन जित्दै ‘उडेर जाऊँ’ ( भिडियो )

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७६, सोमबार

कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडी हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर चिन्न थालेका छन। संगीत भरेर र गीत लेखेर नाम र दाम कमाउन सकिने समय आएको छ। संगीत क्षेत्रको यहि परिवर्तन र आकर्षणले होला नयाँ पुस्ताका गीतकार र संगीतकारको आगमन दिनानुदिन हुँदै छ।
गीतकारका रूपमा सरिता लिङ्देन नेपाली संगीतमा नयाँ नाम हो। भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रूपमा ‘उडेर जाऊँ’ बोलको रोमान्टिक भर्सनको गीतको भिडियो सार्वजनिक गरेकी छिन। यस गीतमा स्वर लोकप्रीय गायिका अन्जु पन्तको रहेको छ भने शब्द सरिता लिङ्देनको रहेको छ । संगीत मन्जुल मितेरीको रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट बादल लिम्बुले गरेका हुन।
लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। राम कुमार केसीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन। सत्य राज चौलागाईको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु