अन्जु पन्तको ‘जून हौ तिमी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक मनोज मनसुनको‘जून हौ तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मायालुको बयान गरिएको गीतमा जून जस्तो टाढा नभिई सधैँ मायालुसँग नजिक बस्ने कुरा गरिएको छ । उक्त गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको उक्त गीतमा करण कडेंलको एरेंज रहेको छ ।

उक्त सार्वजनिक गीतको भिडियोलाई सतिश श्रेष्ठले निर्देशन गरका हुन् भने सोही गीतको भिडियोमा सान्तिम र सुजताको अभिनय रहेको भिडियोमा एक माया गर्ने जोडी प्रस्तुत गरिएको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । उक्त गीतको भिडियो सतिश श्रेष्ठ , उमङ शाही र बलराम बुढाथोकिले छायाँकन गरेका हुन् भने सोही गीतको भिडियोलाई सतिश श्रेष्ठले नै सम्पादन गरेका हुन् । उक्तगीतलाई डस म्यूजिक नेपालको युटयुब च्यानलबाट सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु