धन किरण र अन्जु पन्तको स्वरमा ‘हावा सरर’

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७७, आईतवार

काठमाडौँ। अंग्रेजी नयाँ बर्षको अवसर पारेर गायक धन किरण गुरुङ र गायिका अञ्जु पन्तको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । हावा सरर बोलको सो गीतमा शब्द तथा सङ्गीत गायक किरण गुरुङ स्वयंको रहेको छ ।

मिलन चाम्सले निर्देशन गरेको सो भिडियोमा बुद्धि तामाङ, आँचल शर्मा र प्रदिप बास्तोला फिचर्ड छन् । डिजी प्रोडक्सन यूकेको प्रस्तुतिमा बनेको यस भिडियोमा राम केसीको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, राजेन्द्र महर्जनको कलर करेक्शन र गिरिराज घिमिरेको सहनिर्देशन रहेको छ । अल्का गुरुङ निर्माता रहेको यो भिडियो डिजी प्रोडक्सन यूकेको अफिसियल च्यानल DG Production UK मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु