भिडियोमा सन्तानको भविष्यको चिन्ता बोकेकी ‘आमा’ को कथा

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७७, बुधबार

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वर र लोकप्रिय संगीतकार हरि लम्सालको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । हरि लम्सालकै एरेन्ज गरेको गीतलाई नरेश प्रधानले लेखेका हुन् । स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको यस गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ गरेका हुन।

चलचित्र ‘आमा’ मा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको छ । गीतमा आफ्नो सन्तानलाई मस्तिष्क पक्षाघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको पीडा देखाउन खोजिएको छ । भिडियोमा मस्तिष्क पक्षाघात भएका सन्तानको भविस्यको चिन्ता बोकेकी आमाको कथा प्रस्तुत गरिएको छ ।

अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन्। भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । बुनु श्रेष्ठले गीतलाई कोडिनेटर गरेकी हुन् ।पछिल्लो केहि बर्ष यता गायिका बुनु श्रेष्ठ र नरेश प्रधानले मस्तिष्क पक्षाघात सम्बन्धि जनचेतना मुलक गीत मार्फत समाजमा जनचेतना फैलाउने अभियानमा लागेका छन् । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु