
ईश्वर बस्नेत र अञ्जु राईको स्वर रहेको ‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द पनि राईकै रहेको छ । र निकेश तामाङको सङ्गीत र गोविन्द पराजुलीले सङ्गीत संयोजन गरेका छन । गणेश उपाध्यायको निर्देशन तथा छायाङ्कन रहेको भिडियोमा जीवन थापा ‘क्षितिज’ कमला थापा, उमेश कार्की र सुष्मिता आचार्यको अभिनय रहेको छ ।