
काठमाडौं । प्राय सधैजसो तीजका अवसरमा आफ्नो गीती कोशेली लिएर आउने गरेकी अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली ‘एक बर्षमा एक चोटी’ लिएर आएकी छिन् । तीज पर्वलाई मान्यता दीदै उनले हरेक बर्ष तीजको कोशेली लिएर आउने गरेकि हुन् ।
आफ्नो स्वरमा उनले आफै छमछमी गरेकी छिन् । उनीसँगै डिम्पल नगरकोटीले पनि कम्मर मर्काएकी छिन् । कोरीयोग्राफी एवं निर्देशन भने मौसम हिमालीले गरेका छन् । गीतको निर्माता गंगामाया श्रेष्ठ हुन् भने भिडियो छाँयाकन दीनेश पराजुलीले गरेका छन् । मनोज कार्कीले कलर र सम्पादन गरेका छन् भने श्रृंगार संगीता मिजारको रहेको छ ।
‘एक बर्षमा एक चोटी’ गीतको शब्द दीपक शर्मा र निशान साउदले लेखेका छन् भने स्वयम दीपक शर्माले संगीत दीएका छन् । नरेन्द्र बियोगीले मिक्सीङ एवं मास्टरीङ गरेका छन् ।