• Shanidhya Trophy
  • कपिल कस्पालको ‘ठेकी भित्र मदानी’ मा केकी र विजुको रोमान्स !

    म्यूजिक खवर
    प्रकाशित: २९ पुष २०७६, मंगलवार

    काठमाडौं । गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । अञ्जुलाई गायक गगन सरगमले साथ दिएका छन् ।

    ‘म त मर्छु क्यारे’ जस्तो कालजयी गीतका स्रष्टा निम संगीतले सार्वजनिक गीतमा गाउँघरको लोक शैलीमा अत्यन्त मीठो संगीत र एरेन्ज गरेका छन् ।

    ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरुलाई समेटी सन्चारकर्मी, गायक तथा रचनाकार कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन् ।

    सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

    सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सार्वजनिक गीतलाई म्युजिक नेपालको च्यानलमा हेर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु