कर्णप्रिय गीत सिंदुर

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । चर्चित मोडल रियासा दाहाल, ओबि रायमाझी र साहिल सुनारको अभिनयमा सिंदुर नामक गीत सार्बजनिक भएको छ । अन्जु पन्त र रोशन सिंहको आबाज रहेको गीतमा शब्द र संगीत पनि रोशनकै रहेको छ भने भिडियोतर्फ प्रथम खड्काको निर्देशन, नबराज उप्रेतिको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ । ओबिजी इन्टर्टेन्मेन्ट्ले बजार ब्यबस्थापन गरेको गीतलाई ob rayamajhi युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ भने भिमा सुनारको प्रस्तुती रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु