समाजसेवामा अन्जुको सक्रियता, लकडाउन प्रभावितलाई खाना वितरण

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७७, शनिबार

काठमाडौं । सर्वप्रिय गायिका अन्जु पन्त समाजसेवामा पनि उतिकै सक्रिय छिन् । अन्जु पन्त फाउन्डेसन मार्फत उनी निरन्तर समाजसेवामा छिन् । पछिल्लो समय उनले कोरोना प्रभावितहरुका लागि राजधानीका विभिन्न स्थानमा भोजनको व्यवस्था गरिन् ।
कोरोनाको महामारीले विभिन्न स्थानमा अलपत्र परेका तथा विहान बेलुका खाना खानसमेत समस्या भएकाहरुलाई गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् । ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु