१२ घण्टा मैं ट्रेण्डिङको १ नं.मा ‘रहर छ सँगै’ ! अन्य देशमा पनि शिर्षस्थानमा ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार

काठमाडौँ। अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को नयाँ गीत  ‘रहर छ सँगै’ बोलको गीत २४ भण्टा नपुग्दै युटुबको नम्बर ट्रेन्डिङमा आएको छ।गीत सार्वजनिक भएको करिब १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । यो गीतलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् । यो गीतको समाचार तयार पार्दासम्म भिडियोलाई ५ लाख १७ हजार बढी दर्शकले हेरिसकेका छन् ।

अहिले कुनै पनि प्रकारको भिडियो युटुबको ट्रेन्डिमा पर्‍यो भने त्यसले खास अर्थ राख्छ । किनकी, युटुबले नेपालमा पनि ट्रेन्डिङको सुरुवात गरेपछि अहिले भिडियो बनाउनेहरु आफ्नो सामाग्री कती हिट भैरहेको छ भनेर थाहा पाउन उत्सुक हुन्छन् ।

‘रहर छ सँगै’ गीत २४ घण्टा नबित्दै धेरै देशमा ट्रेण्डिङमा पर्न सफल भएको छ । नेपालमा १ नं. परेको यो गीत अष्ट्रेलिया पनि गीतले ट्रेण्डिङको १ नं. स्थान सुरक्षित गरेको छ । त्यस्तै कतारमा ६ नम्बर स्थान ओगट्न सफल गीतले युएई दुबईमा ३२ औं स्थानमा रहेको छ ।

‘रहर छ सँगै’ गीतमा सङ्गीत अर्जुन पोखरेलको छ। स्वर अन्जु पन्त र सुगम पोखरेलको रहेको छ । दिज्जग धउरालीको शब्द रहेको गीतमा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ।

चलचित्रमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।

हेर्नुहोस् भिडियो !

 

यो साता ३ चलचित्र प्रदर्शनमा – ‘सुश्री सम्पत्ति’, ‘डोली’, र ‘कथा ७२’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु