अनमोल के.सी. स्प्राईटको पहिलो ब्राण्ड एम्बेस्डर

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७५, बुधबार

काठमाडौं । अभिनेता अनमोल केसी देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटको ब्राण्ड एम्ेस्डरमा नियुक्त भएका छन् । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पेय पदार्थको प्रतिबद्घता भएको स्प्राइटले बताएको छ ।

आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।
कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।’

स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले आफ्नो अनुभव सुनाउदै भने, ‘म स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित छु । यस अवसर प्रदान गरिदिनु भएकोमा कोका–कोला नेपाललाई म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु ।’


भ्यालेन्टाइन विशेष गीत ‘मायामा तिम्रो’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु