‘मायाको गाउँमा’ उमेश कुमार चौधरी (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २२ भाद्र २०७६, आईतवार
anu parajuli

काठमाडौं । गायक उमेश कुमार चौधरीको आवाजमा सजिएको गीत ‘मायाको गाउँमा’ भिडियोसहित सार्वजनिक भएको छ । प्रेममा बाँधिएका प्रेमी प्रेमिकाको मायाप्रेमलाई गीतको भिडियोमा समेटिएको छ । सुनौलो सपनाहरुलाई साकार बनाउनको लागि ‘मायाको गाउँमा’ गायक उमेश चौधरी दौडिएका छन् । ‘मायाको गाउँमा’ कमल गजमेरको शब्द तथा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

‘मायाको गाउँमा’ गीतमा सर्वजित शाह र अनु पराजुलीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई जसु याख्खाले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायाँकन रहेको छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु