अनु, दिपक र विनोदले गरे ‘ब्लु स्याडो ब्युटी सैलुन’को उद्घाटन

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७५, बुधबार

काठमाडौं । काठमाडौंको सामाखुसीमा ‘ब्लु स्याडो ब्युटी केयर एण्ड सैलुन’ सञ्चालनमा आएको छ । नेपाली रंग क्षेत्रकी लोकप्रिय नायिका एवं मोडल अनु शाह, गीतकार दिपकराज पाठक र गायक एवं संगीतकार बिनोद ढकालले बुधबार सँयुक्त रुपमा सैलुनको उद्घाटन गरे ।

पार्लर उद्घाटनपछि केक काट्दै अनुले भनिन्–, ‘सौन्दर्य मान्छेको महत्वपुर्ण आवश्यकता भइरहेका बेला यस्ता ब्युटी सैलुनहरुको भुमिका महत्वपुर्ण हुन्छ । यस पार्लरमा ब्राण्डेड सामाग्रीहरु प्रयोग गरिने जानकारी पाएकी छु । त्यसैले एकपटक आएर यहाँको सेवा सुविधा लिइदिनुहुन अनुरोध गर्दछु । साथै ब्लु स्याडोको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

सैलुनलाई लक्ष्मी महर्जनले संचालनमा ल्याएकी हुन् । पार्लरमा अन्तराष्ट्रियस्तरको ब्युटी प्रोडक्ट र तालिम प्रदान गरिने ब्युटीसियन समेत रहेकी संचालिका लक्ष्मीले बताइन् । साथै चाँडै नै अन्य स्थानमा पनि ब्लु स्याडोको शाखा खोलीने पनि उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु