कलाकारहरुले समेत भन्न थाले ‘फर्क राजा फर्क’

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७७, बिहीबार

काठमाडौं । पार्टी तथा नेताहरुको शैलीले यतिबेला नेपालको राजनीति तरंगीत बनेको छ । देश र जनताका लागि सेवा गर्नु पर्ने नेताहरु नै भागबण्डा र व्यक्तिगत स्वार्थमा दौडिरहेका छन् । यस्तो परिघटनाले गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने आम नागरिकलाई पर्न थालेको छ । सडकमा जनताले राजा आउ देश बचाउ भन्ने नारा पनि लगाउन थालेका छन् । यहि क्रममा कलाकारहरुले समेत ‘फर्क राजा फर्क’ भन्न थालेका छन् । प्रसंग नयाँ सार्वजनिक गीतको हो । अर्जुन खड्काको शब्द र संगीत रहेको गीतमा ‘फर्क राजा फर्क’ बोलको गीतमा थुप्रै कलाकारहरुको आवाज रहेको छ ।

तृप्ती खड्का, कृष्ण केसी, दिपीका बयम्बु, सुर्य बिनायक, कालिका रोका, मोहन केसी, मिना अधिकारी, कुशल बेलबासे, अनुजा पुडासैनी र अर्जुन खड्काको स्वर रहेको छ । गीतको एरेन्ज केशब बडुले गरेका हुन् भने रेकर्डिष्त गोबिन्द पराजुली रहेका छन् । एचबिएन किष्मतले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा नाम चलेका राष्ट्रिय कलाकाहरु मौसमी मल्ल, राजाराम पौडेल, रमा थपलियाको अभिनय रहेको छ । त्यस्तै पछिल्लो समय निकै चर्चामा रहेका डिल्लीराम खनाल, मानसिंह खड्का, मुना श्रेष्ठ र राम काजी रोकाको समेत अभिनय रहेको छ ।
चक्र बहादुर बरालले छायांकन गरेको भिडियोलाई

ई अर्जुन खड्का युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा देशमा अति भयो, जनता माथि अत्याचार भयो । स्वर्ग जस्तो देश नर्क जस्तै भइसक्यो यसर्थ राजा फर्कनु पर्छ भन्ने सन्देश प्रभाव गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु