• अर्जुन पन्तको मातृभुमीप्रति समर्पित गीत “पर्वत लिमीठाना” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २७ श्रावण २०७७, मंगलवार

    काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतको विकाशमा क्रियाशिल गायक अर्जुृन पन्त र गायिका सुनिता वुढा क्षेत्रीको मातृभुमी प्रति समर्पित गीत “पर्वत लिमीठाना” गीतको भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।

    पर्वत जिल्लाको लिमीठानाको पर्यटकिय तथा सास्कृतिक मौलिक सभ्यतालाई गीतमा समेटिएको छ । गीतमा आफु जस्तो अवस्थामा भएपनी आफनो जन्मभुमीलाई सम्मान गर्नुपर्ने भाव गीतमा रहेको छ । गीत संगीतको माध्यमबाट आफुले पहिलो पटक गाउँलाई सम्झिएको गायक अर्जुनले बताए ।

    अर्जुन पन्तको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनो गाउँको परिवेश र मातृभुमीले दिएको योग्दानलाई नभुल्नको लागी गीतमा आग्रह गरिएको छ । किसान विसिको छायाँकन तथा सम्पादन तथा अर्जुन पन्तको निर्देशन तथा कमल पुनको कोरियोग्राफी गीतमा रहेको छ । गीतको भिडियोमा अशोक पौडेल, निर्मल पौडेल, दिक्षा रेग्मी, करिष्मा सुनारको अभिनय साथै अन्जु सुनार, रोजी क्षेत्री प्रतिमा परियारको नृत्यलाई गीतमा समेटिएको छ ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु