• अर्जुनको ‘मैले बोलेको छैन ढाँटेर’ गीतमा कृष्ण, बुद्ध, समिक्षा र अस्मिता

    म्यूजिक खबर
    प्रकाशित: २० असार २०७७, शनिबार

    काठमाडौं । पछिल्लो समयका लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा रहेको गीत ‘मैले बोलेको छैन ढाँटेर’ अपलोड भएको २४ घन्टामा ट्रेन्डिङको यात्रा तय गरेको थियो । त्यसपछि ट्रेन्डिङको स्थान अझै छोडेको छैन । अहिले १६ औं नम्बरमा रहेको उक्त गीतमा गायकद्वय कृष्ण काफ्ले, बुद्ध लामा, गायिकाद्वय अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको संगीत संयोजन पनि संगीतकार पोखरेलकै रहेको छ भने मिक्सिङ साजन शाहको रहेको छ ।

    ‘मैले बोलेको छैन ढाँटेर’ गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक गायिकाकै अभिनय देख्न सकिन्छ । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु