भर्सटायल गायक अर्जुनले ल्याए मौलिक गीत ‘झ्याम्मै बाडुली’

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७७, शनिबार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक हुन् -अर्जुन सुनाम । आधुनिक, पप, गजल तथा लोक सबै गीतमा उतिकै फिट सुनिन्छन् । लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रहेका अर्जुनले यतिबेला ‘झ्याम्मै बाडुली’ बोलको मौलिक गीत सार्वजनिक गरेका छन् ।
लोकप्रिय गायक तथा संगीतकार बिबि अनुरागीको शब्द, संगीत र एरेन्ज रहेको उक्त गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई गायकको अफिसियल युट्युव च्यानल ‘अर्जुन सुनाम’ मार्फत सार्वजनिक गरिएको हो ।

उदिराम खड्काले छायांकन गरेको गीतको भिडियोमा अर्जुन स्वयं गायकको चरित्रमा देखिएका छन् ।
यसअघि ‘सुर्खेतमा बुलबुले ताल’ ‘रामकसम’ ‘तिम्रै झल्को’, लगायतका थुप्रै गीतहरुमा स्वर दिइसकेका अर्जुनले चलचित्रको गीतमा समेत स्वर भरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु