डेढ दर्जन गीतसँगै सुमधुर साँझमा गुन्जिए अर्जुन सुनाम

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७५, आईतवार

काडमाडौं । लोकप्रिय गायक अर्जुन सुनाम सुमधुर साँझमार्फत आफ्नो एकल स्वरमा गुन्जिएका छन् । आफ्नो गायनको करिअरमा गाउँ गाउँमा हुने कार्यक्रममा गाउँदै आएको आइडलका रुपमा लिइएको नारायण रामायझीको नमुछे आमा दहीमा टीकाबाट कार्यक्रमको सुरुवात गरेका सुनामले करिब डेढ दर्जन गीत सुनाए । २०५९ सालबाट औपचारिक गायनको सुरुवात गरेका सुनामले गाएको गीत चलचित्र बन्धकीको ‘सुर्खेतमा बुलबुले ताल’ ले उनलाई गायनमा ब्रेक दिएको थियो । उनको सांगीतिक यात्राले आजसम्म निरन्तर उनको यात्रालाई उचाइमा लगेको थियो ।


सत्यावती कलाकेन्द्रको व्यवस्थापन एवं सत्यावती फिल्म्स्को आयोजनामा भएको ‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ मा सुनामले आफ्ना चर्चित गीत गाए दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको ठूलो हलमा आयोजना गरिएको सुमधुर साँझमा बाग्लो दर्शकको भिड थियो ।

उनले कार्यक्रममा ‘शंका गर्ने तिम्रो बानी’, ‘मैले मन पराको मान्छे’ ‘सलल बगेको भेरी नदी’ तिमी शिवाय अरु के छर, मलाई हेर्न जुन देखि, झुलायो मायाले, तिम्रै झल्को आउँछ मेरी निरमाया, कहाँ पुग्यौ नेटो काटी, लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।


सुनामलाई उक्त गीतमा बिबि अनुरागी, टिका पुन, सुन्तामी परियार, रेजिना परियार लगायतले साथ दिएका थिए । गीत गाउँदै गर्दा कलाकारहरुको अभिनयले दर्शकको मन अझ भावुक बनाएको थियो । बन तथा बातावरण मन्त्री शक्ति बस्नेतले उदटन गरी सुरु भएको सुनामको एकल साँझमा सुनामलाई संगीता राना प्रधान, बिबि अनुरागी, रीमा गुरुङ, शर्मिला गुरुङ, टिका पुन, सुनितामी परियार, प्रेम अर्याल, प्रनिल तामाङले पनि साथ दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु