भिडियोमा हेर्नुहोस् ‘परदेशीको अधेरो संसार’

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । गायक अर्जुन पन्त र गायिका सम्झना भण्डारीको आवाजमा ‘परदेशीको अधेरो संसार’ बोलको गीत सार्वजनिक भएको छ । परिवारको सुखको लागी परदेशमा धन कमाउने सपना बोकेर विदेशी भुमीमा पसिना बगाउने श्रीमान र स्वदेशमा आफना बालबच्चाको स्यार सुसारमा तलिन नेपाली नारीको भोगाईलाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा उमा खड्का र अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ ।

शुशिल डाँगीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘परदेशीको अधेरो संसार’ गीतको भिडियोमा अर्जुन, अनिसा, कविता, श्रेया र दिपकको अभिनय रहेको छ ।
परदेशीको अधेरो संसार गीतको भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु