विवाह बन्धनमा बाँधिए संगीतकार अर्जुन र गायिका दुर्गा खरेल

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७७, शुक्रबार

काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलबीच शुक्रबार विवाह भएको छ । सिमित आफन्त र केही साथीभाइलाई बोलाएर बुढानिलकण्ठ मन्दिरमा पुगेर शुक्रबार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।
नेपाल सांगीतिक क्षेत्रका सफल संगीकारको परिचय बनाएका अर्जुन र गायिका दुर्गा सात वर्षदेखि अनुराग संगीत विद्यालयमा आवद्ध छन् ।
अर्जुन र दुर्गा प्रेममा रहेको समाचार पहिल्यैदेखि चर्चामा आइरहेको हुन्थ्यो । तर, उनीहरूले यस कुरालाई नकार्दै आएका थिए । अन्ततः उनीहरूले आफ्नो प्रेमलाई विवाहमा नै परिणत गरेका छन् ।

यसअघि उनीहरूले वैशाखलाई विवाहको मिति पक्का गरेका थिए । तर, त्यस समय लकडाउनमा कडाइ भएका कारण उनीहरूले विवाहको मिति सार्नुपरेको थियो । उनीहरूले अवस्था सामान्य भएपछि मात्र विवाह भोज गर्ने सोच बनाएका छन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत दजैनौं चलचित्रका गीतमा अर्जुनले संगीत भरेका छन् ।
त्यस्तै नेपाली फिल्मको पार्श्व गायनबाट उदाएकी गायिका दुर्गा खरेल पनि सफल गायिका हुन् । सुगम संगीतमा आधारित गीतहरुमा समेत उत्तिकै जमेकी यी गायिकाका त्यो काले केटाले, छुट्छ कि साथ, तिमी टाढा हुँदा मलाई, भेटेरै सुन्नु छ जस्ता गीतहरु निकै रुचाइएका गीत हुन् । अर्जुनका धेरै गीतमा दुर्गाको आवाज समेटिएको छ ।

म्यूजिक खबर परिवारको तर्फबाट संगीतकार एवं गायक अर्जुन पोखरेल र गायिका दुर्गा खरेललाई सुखद दाम्पत्य जीवनको कामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु